कान्तिपुर समाचार अप्डेट
२ हजार ४३ जनप्रतिनिधिले चुन्नेछन् राष्ट्रियसभाका १८ सदस्य
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि २ हजार ४३ जना मतदाता रहेको जनाएको छ । राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्यका लाग ११ माघमा निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य चुन्नका लागि प्रदेशसभा सदस्य, गाउँपालिका उध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् ।
नेपाल ट्रस्ट जग्गा अनियमितता प्रकरण : पूर्वसहसचिव र पूर्वसचिवलाई धरौटीमा छाड्न आदेश
नेपाल ट्रस्ट जग्गा अनियमितता प्रकरणमा पूर्वसचिव र पूर्वसहसचिवलाई धरौटी बुझेर छाड्न अदालतले आदेश दिएको छ ।
पूर्वन्यायाधीश फोरमको टिप्पणी विघटनको मुद्दा निरन्तर सुनुवाइ गरेर टुंग्याउनुपर्छ
पूर्वन्यायाधीश फोरम नेपालले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा तदारुकताका साथ निरन्तर सुनुवाइ गरी टुंग्याउनुपर्ने टिप्पणी गरेको छ । टोपबहादुर सिंह अध्यक्ष रहेको पूर्वन्यायाधीश फोरमले बुधबार पत्रकार सम्मेलन गरी यस्तो धारणा सार्वजनिक गरेको हो ।
नेकपा माओवादीले राष्ट्रपतिलाई बुझायो ज्ञापनपत्र : सर्वपक्षीय अन्तरिम सरकारको माग
नेकपा माओवादीले राष्ट्रपति रामचन्द्र पौडेललाई सर्वपक्षीय अन्तरिम सरकार गठन गरी संविधान संशोधन गर्ने लगायत १३ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
क्यासिनोमा चलाखी : अर्काको तास हेर्न आँखामा लेन्स
जिल्ला प्रहरी परिसर काठमाडौंले क्यासिनो खेलको इभेन्ट आयोजना गरेर ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। काठमाडौं घुमाउने, खाने बस्ने सुविधा मात्र होइन उनीहरूलाई प्लेनको टिकट पनि उपलब्ध गराइएको पाइएको छ । काठमाडौं प्रहरी परिसरले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ
सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभामा सांसद रहेका नेपाली कांग्रेसका ५७ संसदसहित अन्य दलका निवर्तमान सांसदले दायर गरेको रिटलाई साथै राखेर पेस गर्न आदेश गरेको छ ।
कुवेतबाट मृत्यु भएका परिवारलाई ३ करोड ४४ लाख क्षतिपूर्ति नेपाल पठाइयो
कुवेतमा मृत्यु वा घाइते भएका ७८ जना नेपाली श्रमिकका परिवारका लागि कुवेतस्थित नेपाली दूतावासले ३ करोड ४४ लाख (७३ हजार ८ सय दिनार )क्षतिपूर्ति रकम नेपाल पठाएको छ।
वैदेशिक रोजगार विभागको महानिर्देशकमा मीरा आचार्य
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको महानिर्देशकमा मीरा आचार्यलाई पठाएको छ । उनी विभागकी पहिलो महिला महानिर्देशक हुन् ।
नेपाली युवतीको छातीमा धड्किरहेको छ एक भारतीयको मुटु
एउटा मुटुले कहिलेकाहीँ दुई देशलाई जोडिदिन्छ । न नक्सा चाहिन्छ, न कूटनीति । मानवता भए पुग्छ । यही मानवताको उदाहरण बनिन्, एक अनाथ नेपाली युवती । उनको छातीभित्र यतिबेला एक भारतीयको मुटु धड्किरहेको छ ।
श्रममन्त्रीकै चालक छैनन् सामाजिक सुरक्षामा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीका चालक हुन् इन्द्रमान गुरुङ । उनी एक दशकदेखि श्रम मन्त्रीको सवारी चालक हुन् । नयाँ श्रममन्त्री भण्डारीको चालकको जिम्मेवारी पनि उनैले पाए ।
भारतले नहर स्तरोन्नति र सडक विस्तार सुरु गर्दा शीतलहरमै उठीबास हुने चिन्तामा मुसहर समुदाय
बढ्दो शीतलहरले ज्याला–मजदुरीको काम गर्न नसक्दा छाक टार्न कठिनाइ खेपिरहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका १७ विपन्न मुसहर परिवारमा उठीबास हुने चिन्ता थपिएको छ ।
पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख
जेन-जी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ ।
अब दुई दिनमै राहदानी
राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ ।